Home » Blog » लालबन्दीमा प्रथम मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप हुने

लालबन्दीमा प्रथम मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप हुने

Ankushdaily
0 comment 7 views
बरहथवा ।
फुटबल खेल र खेलाडीको प्रवद्र्धन गर्ने उद्देश्यसहित सर्लाहीको लालबन्दीमा ‘प्रथम लालबन्दी मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप २०८२’ आयोजना गरिएको छ ।
बुधबार सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर फुटबल रङ्गशालामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । लालबन्दी नगरपालिका मुख्य आयोजक रहेको उक्त प्रतियोगिता माघ १६ देखि २७ गतेसम्म सञ्चालन गरिने भएको छ । प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीको प्रवद्र्धनमा टेवा पुग्ने जीवेश्वर युवा क्लबका अध्यक्ष दीपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । प्रतियोगितामा अन्तर प्रदेशका चारसहित १२ टोलीले सहभागिता जनाउने भएका छन् । माघ २७ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले रु तीन लाख र उपविजेताले रु एक लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको हो ।
‘म्यान आफ दी म्याच’ सहित प्रतियोगितामा अन्य पाँच विधामा खेलाडीलाई पुरस्कृत गरिने अध्यक्ष बुढाथोकीले बताउनुभयो । प्रतियोगिताले नवलपुर क्षेत्रको खेल पर्यटनमा समेत फाइदा पु¥याउने लालबन्दी नगरपालिका–१७ का वडाध्यक्षसमेत रहनुभएका नगर खेलकुद विकास समितिका संयोजक विष्णु अधिकारीले बताउनुभयो ।
सहभागी टोलीहरूमा सर्लाहीको जीवेश्वर युवा क्लब, पर्साको वीरगञ्ज युनाइटेड, बाराको रतनपुर युनाइटेड, रौतहटको नेपाल खेलकुद क्लब, महोत्तरीको ब्याग्ङखाडी युवा क्लब, धनुषाको धनुषा–११, सिरहाको गोलबजार स्पोट्र्स क्लब, सप्तरीको न्यू त्रियुगा स्पोट्र्स क्लब, उदयपुरको गाईघाट युवा क्लब, सुनसरीको इनरुवा फुटबल क्लब, चितवनको भरतपुर फुटबल क्लब र हेटौँडाको मकवानपुर जिल्ला फुटबल सङ्घ रहेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.