Home » Blog » सुन तोलामा ११,६०० रुपैयाँ घट्यो

सुन तोलामा ११,६०० रुपैयाँ घट्यो

Ankushdaily
0 comment 29 views
काठमाडौं।
तिहार पर्वपछि नेपाली बजारमा सुनको मूल्य तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम गरेको छ।
तिहारअघि, कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो। यो मूल्य समायोजन तिहारपछि पहिलोपटक आइतबार गरिएको हो।
अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते सुनको भाउ करिब ५ प्रतिशत घटेको थियो। असोज ३ गते सुनको मूल्य प्रतिऔंस ४,३५८ अमेरिकी डलर पुगेको थियो भने हाल ४,१११ डलरमा रहेको छ। (१ औंस करिब २.४३ तोलासम्मको बराबर हुन्छ।)
नेपालमा सार्वजनिक विदा हुँदा महासंघले कात्तिक ४ गतेदेखि मूल्य समायोजन नगरेको थियो, जसको असर आइतबार मात्रै देखिएको हो। असोज ३१ गते सुनको भाउ तोलामा २ लाख ५८ हजार रुपैयाँसम्म पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो।
त्यसैगरी, चाँदीको भाउ प्रतितोला २६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कायम भएको छ। तिहारअघि चाँदीको मूल्य ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो भने असोज ३१ मा यो ३,३५० रुपैयाँमा पुगेर रेकर्ड बनाएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.