Home » Blog » थप उपचारका लागि देउवा दम्पती सिंगापुर उडे

थप उपचारका लागि देउवा दम्पती सिंगापुर उडे

Ankushdaily
0 comment 10 views
काठमाडौं ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासहित थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।
भदौ २४ गते ‘जेन जी’ आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएका देउवा दम्पती चिकित्सकको सल्लाहअनुसार सोमबार राति ११ बजेर ५ मिनेटमा सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका हुन्। यो जानकारी कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत दिएका हुन्।
विज्ञप्तिमा उल्लेख छ, “चिकित्सकको सल्लाहअनुसार देउवा दम्पती थप स्वास्थ्योपचारका लागि आज राति ११ बजेर ५ मिनेटमा सिंगापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिंगापुर प्रस्थान गर्नुभएको छ।”
जेन जी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालयको बैठकमा सहभागी भएका थिए। त्यही बैठकमा उनले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
जेन जी आन्दोलनपछि नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनलाई लिएर तीव्र बहस सुरु भएको छ। संस्थापन पक्षले यही मंसिरमा नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनको माग गरिरहेको समयमा देउवा सिंगापुर प्रस्थान गरेका हुन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.