Home » Blog » भक्तपुरमा यस्तो बन्नेछ ‘ओली कुटी’, राधिका शाक्यले गरिन् शिलान्यास

भक्तपुरमा यस्तो बन्नेछ ‘ओली कुटी’, राधिका शाक्यले गरिन् शिलान्यास

Ankushdaily
0 comment 10 views
विरगंज।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नयाँ निवास निर्माणका लागि शिलान्यास गरिएको छ।
भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ निर्माण गर्न शिलान्यास गरिएको जानकारी एमाले नेता महेश बस्नेतले फेसबुकमार्फत साझा गरेका छन्। ओलीकी पत्नी राधिका शाक्यले बिहीबार औपचारिक रूपमा भवनको शिलान्यास गरेकी हुन्।
‘ओली कुटी निर्माणकार्य औपचारिक रूपमा सुरु गरिएको छ। आज राधिका आमाद्वारा शिलान्यास सम्पन्न भयो। अब निर्माणकार्य तीव्र गतिमा अघि बढ्नेछ,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्।
यस्तै, उनले अध्यक्ष ओलीको नयाँ निवासको थ्रीडी इमेज समेत सार्वजनिक गरेका छन्।
जेनजी आन्दोलनका क्रममा बालकोटस्थित ओलीको पुरानो निवास आगजनी भएको थियो। त्यसपछि उनका लागि नयाँ आवास निर्माणको प्रक्रिया अघि बढाइएको हो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.