Home » Blog » मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ आज

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ आज

Ankushdaily
0 comment 6 views
विरगंज ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवको शपथ ग्रहण समारोह आज (आइतबार) जनकपुरस्थित मधेश भवनमा बिहान १०:३० बजे सुरु हुने भएको छ।
मधेश प्रदेश सूचना, सञ्चार तथा प्रसार विभागका प्रमुख नितेश कुमार गुप्ताका अनुसार सबै तयारी पूरा भइसकेका छन्।
नेपाली काँग्रेस संसदीय दलका नेता यादवलाई मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो।
नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र नेकपा (एकीकृत समाजवादी) का गरी ७७ जना प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.