Home » Blog » स्वर्गीय पत्रकार रजकलाई सहिद घोषणा गर्ने निर्णय

स्वर्गीय पत्रकार रजकलाई सहिद घोषणा गर्ने निर्णय

Ankushdaily
0 comment 8 views
विरगंज ।
सरकारले दिवङ्गत पत्रकार सुरेश रजकलाई औपचारिक रूपमा सहिद घोषणा गरेको छ। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार रजकलाई सहिदको दर्जा प्रदान गर्ने निर्णय गरेको हो।
बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार रजकलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय सार्वजनिक गरे। २०७८ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा आगलागी भएको घरमा परि रजकको मृत्यु भएको थियो। रजक परिवारले लामो समयदेखि सहिद घोषणाको माग गर्दै आएको थियो।
यसअघि सरकारले दिवङ्गत रजककी श्रीमती सुजन मगियालाई रोजगारीको व्यवस्था गरिसकेको छ। मन्त्री खरेलको पहलमा उनीलाई मन्त्रालय मातहतको सुरक्षा मुद्रण केन्द्रमा ‘कम्प्युटर अपरेटर’ पदमा नियुक्त गरिएको हो।
त्यसैगरी, बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता प्रदान गर्ने कार्यविधि–२०८२ स्वीकृत गरेको छ। साथै, जेनजी आन्दोलनका घाइतेहरूका लागि शिक्षा, स्वास्थ्य तथा रोजगारीसम्बन्धी आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.