Home » Blog » पर्सा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट हरि पन्तको प्रबल सम्भावना

पर्सा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट हरि पन्तको प्रबल सम्भावना

Ankushdaily
0 comment 86 views
विरगंज ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सा १ बाट रास्वपा पर्सा सभापति हरि पन्तलाई उम्मेदवार बनाउने प्रबल सम्भावना रहेको छ । सभापति पन्त स्वच्छ छवि र एक कुशल संगठक पनि रहेकोले पन्तलाई नै उम्मेदवार बनाउने सम्भावना देखिएको सो पार्टीका कार्यकर्ता बताउँछन् ।
रास्वपा पर्साको २, ३ र ४ बाट भने आकांक्षीहरू धेरै देखिएकोले अहिलेसम्म पनि संभावित उम्मेदवारको रूपमा पार्टीले कसैलाई पनि अगाडि सारेको छैन ।
पार्टीको उम्मेदवारीको विषयमा को–को उम्मेदवारलाई कहाँ–कहाँबाट टिकट दिइँदै छ भनेर पर्साका सभापति हरि पन्तसँग सम्पर्क गर्दा उहाँले रास्वपाको उम्मेदवार चयन प्रक्रिया अरू पार्टीभन्दा बिलकुल भिन्न रहेकोले अहिले नै केही निष्कर्ष निकाल्न नसकिने बताउनुभयो । पर्साको एक नम्बरमा तपाईँको चर्चा छ नि भनेर प्रश्न गर्दा उहाँले सबैका लागि पार्टीको उम्मेदवार चयन विधि एउटै रहेकोले पार्टीले अपनाउने सबै चयन प्रक्रियाद्वारा आफूलाई अगाडि सारे जहांबाट लड्न पनि आफू तयार रहेको बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.