Home » Blog » जसपाद्वारा पर्साका चारै क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार सिफारिस

जसपाद्वारा पर्साका चारै क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार सिफारिस

Ankushdaily
0 comment 58 views
वीरगञ्ज ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्साका चारै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ। बिहीबार वीरगञ्जस्थित पूजन होटलमा जसपा पर्साका अध्यक्ष सिंहासन साह कलवारको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्ष र समानुपातिक दुवै तर्फका नाम टुंगो लगाएको हो।
पर्सा–१ मा प्रत्यक्षतर्फ पूर्वमन्त्री प्रदीप यादवको एकल नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ नेक मोहम्मद अन्सारी, उमेशलाल सहनी, पवन पञ्जियार, कुमु मानन्धर र रुबैदा खातुनका नाम सिफारिस गरिएको छ।
पर्सा–२ मा प्रत्यक्षतर्फ प्रेमबाबु पटेललाई एकल रूपमा सिफारिस गरिएको छ। समानुपातिकतर्फ नागेन्द्र यादव, हरेन्द्र चौरसिया र बैजन्ती मालाका नाम टुंगो लगाइएको छ।
पर्सा–३ मा प्रत्यक्षतर्फ जनार्दन प्रसाद यादव र समानुपातिकतर्फ सलमा खातुनको नाम सिफारिस गरिएको छ।
पर्सा–४ मा प्रत्यक्षतर्फ तबरेज अहमद र समानुपातिकतर्फ रम्भा यादवका नाम सिफारिस गरिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.