Home » Blog » ठूलो परिमाणमा ट्रामाडोल बरामद, चार जना पक्राउ

ठूलो परिमाणमा ट्रामाडोल बरामद, चार जना पक्राउ

Ankushdaily
0 comment 155 views
वीरगञ्ज ।
पर्सा प्रहरीले ठूलो परिमाणको नियन्त्रित लागुऔषध ट्रामाडोल बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१५, प्रतिमाचोक नजिक रोकिएको बाग्मती प्रदेश ०८–००१ ज ०११७ नम्बरको ईभी गाडी चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारेको पर्साका एसपी सुदिपराज पाठकले जानकारी दिए।
शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा एसपी पाठकले मंगलबार साँझ करिब ६ बजे रोकिएको उक्त ईभी गाडीको नियमित कानुनी प्रक्रिया पूरा गरी खोजतलास गर्दा रातो तथा गुलाबी रंगका सुटकेसहरूमा लुकाइ राखिएको ६० हजार ५३० पिस ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल बरामद गरिएको बताए।
सुटकेस बोक्ने दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा उनीहरू वीरगञ्ज–२४, रामगढवामा भाडामा बसेको कोठाबाट १५ हजार ६४० पिस क्याप्सुल थप फेला परेपछि कूल ७६ हजार १७० पिस ट्रामाडोल क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ बस्ने २० वर्षीय युवराज पटेल,वीरगञ्ज महानगरपालिका–२४ बस्ने २१ वर्षीय अफजल देवान,धादिङ बेनिघाट रोराङ गाँउपालिका–६ बस्ने १९ वर्षीय रामहरि मगर र धादिङ सिद्धलेक गाँउपालिका–७ बस्ने १९ वर्षीय राजकुमार मगराती छन् ।
आरोपीहरू विरुद्ध लागुऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.