Home » Blog » नेपाल चिकित्सक संघ उपाध्यक्षमा डा. उदयनारायण सिंहको उम्मेदवारी

नेपाल चिकित्सक संघ उपाध्यक्षमा डा. उदयनारायण सिंहको उम्मेदवारी

Ankushdaily
0 comment 5 views
वीरगन्ज ।
वीरगन्जस्थित नारायणी अस्पतालमा एक दशकभन्दा लामो समयदेखि कार्यरत चिकित्सक डा. उदयनारायण सिंहले नेपाल चिकित्सक संघ (एनएमए) को ३०औँ कार्यकारिणी समितिअन्तर्गत उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले मधेस प्रदेश संयोजकका रूपमा उम्मेदवारी दिएका हुन्।
उम्मेदवारीसँगै सार्वजनिक गरिएको प्रतिबद्धतामा डा. सिंहले चिकित्सक पेशामा देखिएका समस्या सुधार्ने लक्ष्य अघि सारेका छन्। थाती तलबको निकास, पेशागत सुरक्षा, सेवा–सुविधा र मर्यादाको संरक्षणलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ। पोस्टग्राजुएट अध्ययन पूरा गरेका तर दरबन्दी अभावका कारण अवसरबाट वञ्चित चिकित्सकहरूको हकहितका लागि पहल गर्ने र सरकारी नियुक्तिमा देखिने दलगत प्रभाव अन्त्यतर्फ काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
प्रदेशस्तरीय एनएमए शाखाबीच समन्वय सुदृढ गर्दै वार्षिक कार्ययोजनाअनुसार सेवा, सुरक्षा र शैक्षिक गतिविधि सञ्चालन गर्ने विषय उनको एजेन्डामा समेटिएको छ।
डा. मगल रावल नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका डा. सिंह कोरोना महामारीका बेला नारायणी अस्पतालको आकस्मिक कक्षको नेतृत्व गर्दै उपचार व्यवस्थापन र सेवा सुधारमा सक्रिय रहे। तराईका जिल्लामा सर्पदंश उपचारमा उनको निरन्तर योगदानका कारण उनी कुशल चिकित्सकका रूपमा परिचित छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.