Home » Blog » एमाले ११ औँ महाधिवेशन : पर्साबाट हजरा, देवकोटा र सरावगी केन्द्रीय सदस्यमा निर्वाचित

एमाले ११ औँ महाधिवेशन : पर्साबाट हजरा, देवकोटा र सरावगी केन्द्रीय सदस्यमा निर्वाचित

Ankushdaily
0 comment 14 views
वीरगञ्ज ।

नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको समूहबाट पर्साका तीन जना नेताहरू केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

विभिन्न क्लस्टरबाट प्रतिस्पर्धा गरेका प्रभु हजरा,निर्मला देवकोटा र विजयकुमार सरावगीले केन्द्रीय सदस्यमा विजयी भएका छन् । खुला दलित समूहबाट उम्मेदवारी दिएका पर्सा जिल्ला इन्चार्ज तथा निवर्तमान प्रतिनिधिसभा सदस्य प्रभु हजराले १४६५ मतसहित जित हासिल गरे । मधेसी (खुला) समूहबाट उम्मेदवार बनेका वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगी १४३५ मतका साथ निर्वाचित भए । त्यस्तै भूगोल (मधेसी) महिला कोटाबाट उम्मेदवारी दिएकी निवर्तमान प्रतिनिधिसभा सदस्य निर्मला देवकोटाले १३२५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित बनाइन् ।
पर्साबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका अन्य उम्मेदवारहरू भने पराजित भएका छन् । पराजित हुनेहरूमा पूर्व मन्त्री तथा निवर्तमान सांसद राजकुमार गुप्ता, पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, बसरुदीन अन्सारी, एमाले वीरगञ्ज महानगर कमिटीका इन्चार्ज नवराज शर्मा, रन्जु फुयाँल र अरविन्द सिंह रहेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.