Home » Blog » प्रहरी निरीक्षक थापाको नेतृत्वमा पटेर्वा सुगौलीमा अपराध र लागुऔषध नियन्त्रणमा सुधार

प्रहरी निरीक्षक थापाको नेतृत्वमा पटेर्वा सुगौलीमा अपराध र लागुऔषध नियन्त्रणमा सुधार

Ankushdaily
0 comment 17 views
विरगन्ज ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले पछिल्लो ११ महिनामा सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणका क्षेत्रमा सक्रियता बढाएको जनाएको छ। प्रहरी निरीक्षक प्रकाश थापाले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेपछि लागुऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, तस्करी तथा अवैध उत्खननविरुद्ध कारबाहीलाई प्राथमिकता दिइएको प्रहरीले जानकारी दिएको छ।
२०८१ पुसदेखि २०८२ पुससम्मको अवधिमा विभिन्न मुद्दामा फरार रहेका १३७ जना पक्राउ परेका छन्। सो क्रममा ७१ हजार २४४ रुपैयाँ जरिवाना असुल गरिएको छ भने ५ वर्ष ३ महिनाभन्दा बढी कैद सजाय कार्यान्वयन भएको छ। केही मुद्दा अझै अनुसन्धानकै चरणमा रहेको प्रहरीको भनाइ छ।
लागुऔषध ओसारपसार नियन्त्रणतर्फ १२ जनालाई पक्राउ गरी ४२६ केजी गाँजा र चरेस बरामद गरिएको छ। यसैबीच करिब १९ कठ्ठा क्षेत्रफलमा लगाइएको १४ हजार ८०० बोट गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ। ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन् भने २ ग्राम १३० मिलिग्राम ब्राउन सुगर तथा ट्रमाडोल ९८६ ट्याब्लेट बरामद गरिएको छ।
अवैध वन पैदावार र उत्खनन नियन्त्रणका क्रममा २०० फिट काठ, २६ वटा ट्याक्टर, १ टिपर र १ जेसिबी नियन्त्रणमा लिइएको छ। त्यस्तै, भन्सार छली भित्र्याइएका करिब ६ लाख ६३ हजार रुपैयाँ बराबरका चिनी, कुखुरा, पटाका, कपडा र अन्य सामग्री बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
सार्वजनिक सुरक्षातर्फ ट्राफिक नियम कार्यान्वयन, कागजात जाँच तथा नियमित निगरानीलाई कडाइ गरिएको छ। साथै समुदाय–प्रहरी सहकार्यमा २४२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी करिब १३ हजार ५०० नागरिकलाई कानुनी तथा सुरक्षासम्बन्धी विषयमा जानकारी दिइएको छ।
प्रहरीका अनुसार धार्मिक, सांस्कृतिक कार्यक्रम र सीमावर्ती क्षेत्रमा निगरानी बढाइएकाले शान्ति–सुरक्षामा सहयोग पुगेको छ। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले आगामी दिनमा पनि अपराध नियन्त्रण र नागरिक सुरक्षालाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.