Home » Blog » मधेस प्रदेशसभामा सभामुखका लागि आज उम्मेदवारी दर्ता

मधेस प्रदेशसभामा सभामुखका लागि आज उम्मेदवारी दर्ता

Ankushdaily
0 comment 6 views
विरगंज ।
मधेस प्रदेशसभामा खाली रहेको सभामुख पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ६ गते आइतबार सभामुखको निर्वाचन हुने भएको हो।
सचिवालयका अनुसार पुस ५ गते शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा उम्मेद्वारी दर्ता गर्न सकिनेछ। दर्ता भएका उम्मेद्वारका नामावली शनिबार दिउँसो ३:३० बजे प्रकाशित गरिनेछ।
त्यसपछि पुस ६ गते दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.