Home » Blog » पोखरियामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न

पोखरियामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न

Ankushdaily
0 comment 21 views
रामविश्वास चौधरी,
वीरगन्ज
पोखरिया नगरपालिका वडा नं. ३, बसनपुर टोलमा आइतबार निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब वीरगन्ज परिवार, लायन्स क्लब वीरगञ्ज सेन्ट्रल सिटी तथा जोन चेयरपर्सन डा. लक्ष्मी थापाको सहयोगमा उक्त शिविर आयोजना गरिएको हो।
राष्ट्रिय मुक्ति पार्टी नेपालका सह–महासचिव नेजामुद्दीन शमानी तथा नेपाली काँग्रेसकी नेत्री आशा देवीको पहलमा सम्पन्न शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र वीरगञ्ज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए।
शिविरका क्रममा आज मात्रै ७५ जनामा मोतियाबिन्दु रोग पहिचान भएको छ। मंसिर १७ गतेदेखि पोखरिया नगरपालिकाका १० वटै वडामा सञ्चालन गरिएका शिविरहरूमा हालसम्म २ हजार ६ सय जनाको आँखा जाँच गरिँदा ५७४ जनामा मोतियाबिन्दु रोग पत्ता लागेको र ती सबैको निःशुल्क शल्यक्रिया गरिने जानकारी लायन नरोत्तम पाण्डेयले दिनुभएको छ।
हरिन्द्र महतो केवटको अध्यक्षतामा सम्पन्न शिविरमा नेजामुद्दीन शमानी, आशा देवी, नन्दकिशोर चौहानलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.