Home » Blog » एसपी पाठकद्वारा एकल महिलालाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण

एसपी पाठकद्वारा एकल महिलालाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण

Ankushdaily
0 comment 23 views
विरगंज ।
पर्सा जिल्लामा घटेको एक दुःखद घटनापछि पीडित परिवारलाई सहयोग स्वरूप आर्थिक सहायता प्रदान गरिएको छ। वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित मारवाडी धर्मशालाको तेस्रो तल्ला, कोठा नं. १०४ मा भाडामा बस्दै आएकी पर्सागढी नगरपालिका वडा नं. ३ की करिब २१ वर्षीया सुनिता स्याङबो (तामाङ) मृत अवस्थामा फेला परेकी थिइन्।
मृतकको परिवारमा एकल महिला आमा कान्छीमाया स्याङबो बाहेक अन्य कोही नभएको र परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय रहेको पाइएपछि जिल्ला स्तरीय लैङ्गिक हिंसा संजाल समिति कोषबाट ५० हजार पाँच रुपैयाँको चेक राहत उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.