Home » Blog » वीरगञ्ज नाकाबाट आयातमा १७ प्रतिशतको वृद्धि

वीरगञ्ज नाकाबाट आयातमा १७ प्रतिशतको वृद्धि

Ankushdaily
0 comment 12 views
पर्सा ।
मुलुकको मुख्य व्यापारिक नाका वीरगञ्जबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा यस नाका हुँदै कुल तीन खर्ब ५९ अर्ब २३ करोड रुपैयाँ मूल्य बराबरका विभिन्न वस्तु तथा सामान आयात भएका छन्।
यो तथ्याङ्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोड रुपैयाँले बढी हो। गत वर्षको पहिलो पाँच महिनामा तीन खर्ब छ अर्ब एक करोड रुपैयाँ बराबरका सामान भित्रिएका थिए। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार आयातमा भएको यस वृद्धिले राजस्व सङ्कलनमा समेत सकारात्मक प्रभाव पारेको छ।
आयातित वस्तुहरूको सूचीमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो देखिएको छ। पाँच महिनाको अवधिमा ७२ अर्ब २८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ।
यसैगरी, ३१ अर्ब ६५ करोड रुपैयाँको फलाम तथा फलामजन्य सामग्री, २४ अर्ब ६० करोडको मेसिनरी तथा पार्टपुर्जा र २२ अर्ब ८५ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल भित्रिएको भन्सार कार्यालयले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.