Home » Blog » नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरको अध्यक्षमा दिनदयाल भण्डारी चयन

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरको अध्यक्षमा दिनदयाल भण्डारी चयन

Ankushdaily
0 comment 97 views
विरगंज ।
नेपाली जनसम्पर्क समिति, अमेरिका न्यूयोर्क च्याप्टरको तेस्रो अधिवेशनबाट दिनदयाल भण्डारी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ध्य्याम दावा फिन्जु शेर्पा र उमेश थापा, उपाध्यक्षमा भिमसेन श्रेष्ठ, सचिवमा सुभाष केसी, सहसचिवमा रमेश पाठक र विवेक अधिकारी तथा कोषाध्यक्षमा ललिता चन्दलाई निर्विरोध चयन गरेको छ।
अध्यक्ष पदका लागि प्रारम्भमा सात जनाले आकांक्षा व्यक्त गरे पनि अन्ततः सहमतिमै सम्पूर्ण कार्यसमिति चयन गरिएको जनाइएको छ।
त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा अमन बागचन्द, लोकमणि न्यौपाने, महादत्त केंडल, टासी शेर्पा, सनबहादुर पुन, रामकुमार गिरि, पुर्वी शेर्पा र कृष्ण शर्मा चयन भएका छन्।
नवगठित कार्यसमितिले संगठनलाई थप सुदृढ बनाउँदै न्यूयोर्कस्थित नेपाली समुदायको हितमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.