Home » Blog » पर्सा ३ बाट राप्रपाले सिफारिस गर्‍यो प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ३ उम्मेदवार

पर्सा ३ बाट राप्रपाले सिफारिस गर्‍यो प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ३ उम्मेदवार

Ankushdaily
0 comment 46 views
वीरगन्ज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. ३ कार्यसमितिले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ।
पार्टीको केन्द्रीय संसदीय समितिको निर्णय र जिल्ला कार्यसमितिको परिपत्र अनुसार पुष ८ गते बसेको क्षेत्रीय कार्यसमितिको बैठकले उम्मेदवारहरूको नाम टुंगो लगाएको हो। आगामी २०८२ फागुन २९ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्र सहित ७ जनाको नाम सिफारिस गरिएको छ।
सिफारिस गरिएका अन्य नामहरूमा केन्द्रीय सदस्य अंगद ठाकुर, पूर्व केन्द्रीय सदस्य नगिना कुमार यादव, क्षेत्रीय अध्यक्ष नरेन्द्र प्रसाद चौरसिया, सुजित त्रिपाठी, चन्द्रिका सहनी र दिपेश साह रहेका छन्।

मधेशी महिला कोटाबाट प्रियंका कुमारी यादव

त्यस्तै, समानुपातिकतर्फ मधेशी पुरुष कोटामा मुकेश साह र मधेशी महिला कोटामा प्रियंका कुमारी यादव तथा गुडिया देवीको नाम सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष नरेन्द्र प्रसाद चौरसियाले जानकारी दिनुभयो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.