Home » Blog » वीरगञ्जमा ‘एसईई ट्रेनिङ–२०८२’ सम्पन्न, अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

वीरगञ्जमा ‘एसईई ट्रेनिङ–२०८२’ सम्पन्न, अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

Ankushdaily
0 comment 12 views
वीरगंज ।
नेशनल प्याब्सन पर्सा र रिशेप नलेज एजुकेशनको संयुक्त आयोजनामा वीरगंजस्थित नगर सभागृहमा एक दिवसीय ‘एसईई ट्रेनिङ २०८२’ भव्यताका साथ सम्पन्न भएको छ। वीरगंजका विभिन्न विद्यालयका ७०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा काठमाडौंबाट आएका विज्ञ प्रशिक्षकहरूले विद्यार्थीहरूलाई परीक्षाको तयारी, ध्यान (Meditation) र उत्प्रेरणा (Motivation) सम्बन्धी विशेष प्रशिक्षण प्रदान गरेका थिए।
अन्तर्राष्ट्रिय पदक विजेताहरू सम्मानित
सोही विशेष समारोहका बीच भारतमा सम्पन्न ‘तेस्रो कालिम्पोङ तेक्वान्दो च्याम्पियनसिप’मा उत्कृष्ट प्रदर्शन गरी फर्किएका पर्साका खेलाडीहरूलाई सम्मान गरिएको थियो। वीरगंजको सनराइज तेक्वान्दो डोजाङका चार खेलाडीहरूले उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर नगर र देशकै नाम उचो बनाएको भन्दै विजेताहरुलाई सम्मान गरियो ।
सम्मानित हुने स्वर्ण पदक विजेताहरूमा स्वयम् मान रन्जितकार, स्वस्तिक श्रेष्ठ र सिवान्स गुप्ता रहेका छन्। यस्तै, प्रतियोगितामा तृतीय स्थान हासिल गर्दै डेबिड राईले कास्य पदक प्राप्त गरेका थिए। खेलाडीहरूलाई सफलताको शिखरमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने सनराइज तेक्वान्दो डोजाङका चिफ प्रशिक्षक राजेन्द्र साहीलाई पनि आयोजक कमिटीले सम्मान पत्रद्वारा विशेष सम्मान गरेको थियो।
कार्यक्रममा प्याब्सनका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.