Home » Blog » गगन थापाको नेतृत्वको प्रशंसा गर्दै कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा नेता रुँगटाको जोड

गगन थापाको नेतृत्वको प्रशंसा गर्दै कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा नेता रुँगटाको जोड

Ankushdaily
0 comment 47 views
विरगंज ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य अनिल रुँगटाले वर्तमान गगन थापाको नेतृत्वलाई खुलेर प्रशंसा गरेका छन्। आज पर्सा क्षेत्र नं. १ मा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता रुँगटाले विगतको नेतृत्व बदलिँदो राजनीतिक परिवेशलाई बुझ्न नसकेको कारणले वर्तमान अवस्थाको सिर्जना भएको बताउँदै इतिहासलाई पनि कदर गर्दै अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए।
पर्सा क्षेत्र नं. १ का जनताको शिर ठाडो पार्ने नेतृत्वको आवश्यकता अहिले महसुस भएको भन्दै टिकट जसले पनि पाए कांग्रेस एकढिक्का भएर लड्ने बताउनुभयो। अहिले वीरगंजको व्यापार डावाँडोल भएको र यहाँको व्यवसाय बुटवल–भैरहवातिर सिफ्ट हुँदै गएको भन्दै सदियौंदेखि मिलेर बसेको हाम्रो समाजको आपसी सद्भाव बिथोल्ने तत्वहरू वर्तमान अवस्थामा सक्रिय भएर लागेकोमा चिन्ता व्यक्त गर्नुभयो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.