Home » Blog » वीरगन्ज युवा समाजद्वारा क्यान्सर पीडितलाई ५५ हजार आर्थिक सहयोग

वीरगन्ज युवा समाजद्वारा क्यान्सर पीडितलाई ५५ हजार आर्थिक सहयोग

Ankushdaily
0 comments 37 views
वीरगन्ज।
वीरगन्ज युवा समाजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आन्द्राको क्यान्सरबाट पीडित मोरङका बीर बहादुर धिमाललाई उपचारका लागि आर्थिक सहयोग गरेको छ। समाजको टोलीले भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमै पुगेर पीडितलाई नगद रु. ५५,००० (पचपन्न हजार) हस्तान्तरण गरेको हो।
मोरङको उर्लाबारी नगरपालिका–८, अठियाबारी निवासी धिमाल विगत केही समयदेखि क्यान्सरको उपचार गराइरहेका छन्। समाजका अध्यक्ष संजीव थापा, रकम संकलन संयोजक बिनोद धिमाल, सदस्यहरु रोशन गुप्ता, मनोज गुप्ता र सुशील सिंहसहितको टोलीले अस्पताल पुगी बिरामीको अवस्था बुझ्दै सहयोग रकम उपलब्ध गराएको थियो।
सहयोग हस्तान्तरणका क्रममा समाजका अध्यक्ष थापाले आर्थिक संकट झेलिरहेका परिवारलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए। उनले भने, “हाम्रो सानो प्रयासले कसैको ज्यान जोगिन्छ भने त्यो नै सबैभन्दा ठूलो धर्म हो। वीरगंज युवा समाज विपद् र रोग व्याधिमा सधैं समाजको साथमा रहनेछ।”
यस्तै, कार्यक्रम संयोजक बिनोद धिमालले ‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ सहयोग अभियानमा जोडिने सम्पूर्ण सहयोगी मनहरूप्रति आभार व्यक्त गरे।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भोगिरहेका पीडित परिवारले संकटको समयमा समाजले गरेको सहयोगप्रति आभार प्रकट गरेका छन्। साथै, उनीहरूले सम्भव भएसम्म सहयोग गरिदिन अन्य पक्षसँग पनि अपिल गरेका छन्।

सम्बन्धित पोस्टहरू