55
वीरगन्ज ।
प्रतिज्ञापत्र सार्वजनिक गर्ने क्रममा नेता रुंगटाले आफ्नो राजनीतिक र व्यावसायिक निष्ठामाथि प्रहार गर्नेहरूलाई कडा जवाफ दिँदै आफू सदैव इमान्दारिताको पक्षमा रहेको स्पष्ट पारे। उनले रोजीरोटीका लागि कानुनसम्मत व्यवसाय गर्दै आएको र अहिलेसम्म कसैलाई नठगेको र नधम्क्याएको दाबी गरे। “काम गरेर खानु ठीक कि ठगी गरेर?” भनी प्रश्न उठाउँदै उनले आफ्नो व्यापारिक कारोबार पूर्णतः पारदर्शी र कानुनी प्रक्रिया बमोजिम सञ्चालन भइरहेको बताए। वि.सं. २०४४ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेको स्मरण गर्दै रुंगटाले आफू व्यापारमा आउनुअघि नै सक्रिय राजनीतिमा होमिएको र राजनीतिक पृष्ठभूमि नै नभएका तथा विगतमा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले अहिले आफूलाई राजनीतिकर्मी भनी चिनाउने प्रवृत्तिप्रति कडा आपत्ति जनाए।
