Home » Blog » कांग्रेस सभापति थापा राजीनामा दिने तयारीमा,उपसभापति शर्मा भन्छन्– ‘पार्टीलाई झन् अप्ठ्यारोमा नपारौं’

कांग्रेस सभापति थापा राजीनामा दिने तयारीमा,उपसभापति शर्मा भन्छन्– ‘पार्टीलाई झन् अप्ठ्यारोमा नपारौं’

Ankushdaily
0 comment 26 views
विरगंज ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भर्खरै सम्पन्न निर्वाचनमा पार्टीले भोगेको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन्। सोमबार साँझ नयाँ बानेश्वरमा उपसभापति विश्वप्रकाश शर्मासँग भएको भेटवार्ताका क्रममा सभापति थापाले पार्टीको हारको सम्पूर्ण जिम्मेवारी आफूले लिनु उचित हुने निष्कर्ष निकाल्दै पद त्याग गर्ने जानकारी गराएका हुन्।
यद्यपि, उपसभापति शर्माले भने वर्तमान असहज परिस्थितिमा तत्काल राजीनामा नदिन सभापति थापालाई सुझाव दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जितभन्दा पनि यसलाई कांग्रेसको आफ्नै कमजोरीका रूपमा लिनुपर्ने औंल्याउँदै शर्माले हारको दोष कुनै एक व्यक्ति वा विशेष महाधिवेशनबाट भर्खरै निर्वाचित नयाँ कार्यसमितिलाई मात्र दिन नमिल्ने तर्क गरेका छन्।
नयाँ कार्यसमिति गठन भएको पाँचौँ दिनमा उम्मेदवारी दर्ता गर्नुपरेको र पचासौँ दिनमा निर्वाचनमा होमिनुपरेको बाध्यात्मक परिस्थितिको स्मरण गराउँदै उपसभापति शर्माले अहिले राजीनामा दिएर पार्टीलाई थप सङ्कटमा धकेल्न नहुनेमा जोड दिएका छन्। यस पराजयको समग्र र सूक्ष्म समीक्षा गर्दै संयमित भएर पार्टीको स्थिति सम्हाल्दै अघि बढ्नुपर्ने उनको सुझाव छ। विकसित राजनीतिक परिस्थिति र भावी कदमका विषयमा यी दुई शीर्ष नेताबीच सोमबार साँझदेखि सुरु भएको छलफल नयाँ बानेश्वरमा निरन्तर चलिरहेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.