Home » Blog » प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसको ८२ स्थानमा सघन उपस्थिति

प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसको ८२ स्थानमा सघन उपस्थिति

Ankushdaily
0 comment 49 views
विरगंज ।
प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको नतिजाले नेपाली राजनीतिमा नयाँ तरंग ल्याए पनि नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक विरासत र बलियो राष्ट्रिय उपस्थितिलाई पुनः प्रमाणित गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जित निकाल्दै पहिलो शक्ति बन्दा, कांग्रेस देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षमा १८ सिट जितेको र ८२ स्थानमा सम्मानजनक उपविजेता बन्दै मजबुत दोस्रो दलको रूपमा उभिएको छ। नयाँ राजनीतिक दलको उभारका बीच पनि देशभरका ठीक आधा निर्वाचन क्षेत्रमा कांग्रेस निकटतम् प्रतिद्वन्द्वी बन्नुले पार्टीको सांगठनिक आधार र जनविश्वास भूगोलका हरेक कुनामा उत्तिकै सुदृढ र जीवन्त रहेको प्रष्ट पार्छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार नेपाली कांग्रेसले हिमाल, पहाड र तराईका सातै प्रदेशमा एकसमान र सशक्त उपस्थिति जनाएको छ।
कांग्रेस बागमती प्रदेशका सर्वाधिक २० निर्वाचन क्षेत्रमा बलियो उपविजेता बनेको छ भने मधेश प्रदेशका १३ स्थानमा दोस्रो हुँदै तराईमा आफ्नो प्रभाव कायम राखेको छ। यसैगरी, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका समान १२–१२ निर्वाचन क्षेत्रमा निकटतम् प्रतिद्वन्द्वी बनेको कांग्रेसले सुदूरपश्चिमका १० र कर्णालीका ३ निर्वाचन क्षेत्रमा दोस्रो स्थान हासिल गरेको छ। देशभर फैलिएको यो सघन उपस्थिति र जनमतले कांग्रेसलाई समग्र राष्ट्रलाई जोड्ने सबैभन्दा भरपर्दो र फराकिलो लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गरेको छ।
अन्य परम्परागत र नयाँ राजनीतिक दलहरूको तुलनामा कांग्रेसको यो उपस्थिति निकै फराकिलो छ। प्रत्यक्षतर्फ नौ सिट सुरक्षित गरेको नेकपा एमाले देशभर जम्मा ४१ स्थानमा उपविजेतामा सीमित भएको छ भने सात सिट जितेको नेपाली कम्युनिस्ट पार्टी १८ क्षेत्रमा मात्र दोस्रो भएको छ। त्यसैगरी, प्रत्यक्षतर्फ १२५ सिट जितेर पहिलो दल बनेको रास्वपा र मधेशका मुद्दा उठाउने जनता समाजवादी पार्टी (जसपा) नेपाल समान ६–६ स्थानमा उपविजेता बनेका छन्। निर्वाचनको केही महिना अघिमात्र उदाएर तीन सिट जितेको श्रम संस्कृति पार्टी चार क्षेत्रमा दोस्रो हुँदा राप्रपा, नेमकिपा, नागरिक उन्मुक्ति लगायतका दलहरू भने एक–एक क्षेत्रमा मात्र सीमित भएका छन्।
समग्रमा, यस निर्वाचनमा सिट संख्याको आधारमा रास्वपाले ठूलो सफलता हात पारे पनि नेपाली कांग्रेसले प्राप्त गरेको यो व्यापक मतभार र ८२ स्थानको उपविजेता हैसियत आफैंमा निकै महत्त्वपूर्ण छ। मुलुकका हरेक भूगोल, समुदाय र वर्गमा कांग्रेसले पाएको यो मतले पार्टीलाई आगामी दिनमा एक सशक्त र जिम्मेवार शक्तिका रूपमा अघि बढ्न स्पष्ट जनादेश दिएको छ। यसले नेपाली राजनीतिको सन्तुलन र राष्ट्रिय एकताको कडीका रूपमा नेपाली कांग्रेसको भूमिका सधैं अपरिहार्य रहने तथ्यलाई थप उजागर गरेको छ।

यी हुन् कांग्रेस उपविजेता बनेका क्षेत्रहरू

प्रदेश

कांग्रेस दोस्रो भएका क्षेत्रहरू

कोशी प्रदेश

ताप्लेजुङ, इलाम, झापा, धनकुटा, मोरङ, मोरङ, मोरङ, मोरङ, सुनसरी, सुनसरी, सुनसरी, ओखलढुंगा

मधेश प्रदेश

सप्तरी, सिराहा, धनुषा, धनुषा, धनुषा, सर्लाही, सर्लाही, रौतहट, बारा, बारा, पर्सा, पर्सा, पर्सा

बागमतीप्रदेश

धादिङ, नुवाकोट, नुवाकोट, काठमाडौं, काठमाडौं, काठमाडौं, काठमाडौं, काठमाडौं, काठमाडौं, काठमाडौं, काठमाडौं१०, ललितपुर, ललितपुर, ललितपुर काभ्रे, काभ्रेसिन्धुपाल्चोक, मकवानपुर, चितवन, चितवन

गण्डकीप्रदेश

गोरखा, गोरखा, कास्की, कास्की, तनहुँ, तनहुँ, स्याङ्जा, स्याङ्जा, नवलपरासी (बर्दघाटसुस्तापूर्व)–, बाग्लुङ, बाग्लुङ, पर्वत

लुम्बिनीप्रदेश

पाल्पा, रुपन्देही, रुपन्देही, कपिलबस्तु, रोल्पा, प्यूठान, दाङ, दाङ, बाँके, बर्दिया, नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)–, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–

कर्णालीप्रदेश

दैलेख, सुर्खेत, रुकुम पश्चिम

सुदूरपश्चिमप्रदेश

अछाम, बझाङ, कैलाली, कैलाली, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, कञ्चनपुर 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.