Home » Blog » समानुपातिक सिट टुंगो: रास्वपा सबैभन्दा ठूलो, ६ दलले पाए प्रतिनिधित्व

समानुपातिक सिट टुंगो: रास्वपा सबैभन्दा ठूलो, ६ दलले पाए प्रतिनिधित्व

Ankushdaily
0 comments 22 views
विरगंज ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम मतपरिणाम औपचारिक रूपमा सार्वजनिक गरेको छ। कानुनले तोकेको तीन प्रतिशतको थ्रेसहोल्ड (न्यूनतम मत सीमा) पार गर्न सफल छवटा राजनीतिक दलहरूले प्राप्त गरेको कुल सिट संख्या आयोगले अन्तिम टुङ्गो लगाएको हो। यससँगै समानुपातिकतर्फबाट कुन दलले कति सिट पाए भन्ने स्पष्ट भएको छ।
आयोगद्वारा सार्वजनिक गरिएको अन्तिम विवरणअनुसार यस प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वाधिक ५७ सिट प्राप्त गर्न सफल भएको छ। त्यसैगरी, नेपाली कांग्रेसले २० र नेकपा एमालेले १६ सिट हासिल गरेका छन्। अन्य दलहरूतर्फ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ सिट प्राप्त गरेका छन्। दलहरूले प्राप्त गरेको कुल सदर मतको अनुपातका आधारमा कानुनबमोजिम यो सिट संख्या बाँडफाँट गरिएको आयोगले जनाएको छ।
सिट संख्याको टुङ्गो लागेसँगै आयोगले सम्बन्धित राजनीतिक दलहरूलाई समानुपातिक सांसदहरूको नाम सिफारिस गर्न निर्देशन समेत दिएको छ। सिट प्राप्त गर्न सफल सबै छवटै दलहरूले आफूले यसअघि बुझाएको बन्दसूचीको समावेशी क्लस्टर मिलाएर आगामी तीन दिनभित्र निर्वाचित हुने सांसदहरूको नाम आयोगसमक्ष पेस गरिसक्नुपर्नेछ।

सम्बन्धित पोस्टहरू