Home » Blog » भारतीय प्रधानमन्त्री मोदीद्वारा रवि र बालेनसँग टेलिफोन संवाद, रास्वपाको सफलतामा दिए बधाई

भारतीय प्रधानमन्त्री मोदीद्वारा रवि र बालेनसँग टेलिफोन संवाद, रास्वपाको सफलतामा दिए बधाई

Ankushdaily
0 comment 13 views

विरगंज ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन संवाद गर्दै निर्वाचनमा प्राप्त विजय र रास्वपाको उत्साहजनक सफलताका लागि बधाई ज्ञापन गर्नुभएको छ।

संवादका क्रममा प्रधानमन्त्री मोदीले आगामी नयाँ सरकारको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै दुई देशको आपसी समृद्धि, प्रगति र जनहितका निम्ति नेपालसँग निकट रहेर काम गर्ने भारतको प्रतिबद्धता दोहोर्‍याउनुभएको छ। सामाजिक सञ्जालमार्फत यो जानकारी साझा गर्दै उहाँले संयुक्त प्रयास र सहकार्यबाट आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्धले नयाँ उचाइ हासिल गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ।

यस संवादलाई नेपालको नयाँ राजनीतिक नेतृत्वसँग भारतको कूटनीतिक सम्बन्ध सुदृढ बनाउने र द्विपक्षीय हितका क्षेत्रमा नयाँ शिराबाट अघि बढ्ने एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.