50
लामो समयदेखि अवरुद्ध वीरगन्जको मुख्य सडक (त्रिभुवन राजपथ) विस्तारको काम शनिबार साँझदेखि विधिवत् रूपमा अघि बढ्ने भएको छ। सर्वोच्च अदालतले गत फागुन २८ गते सडक विस्तारविरुद्ध परेको रिट खारेज गर्दै सरकारको पक्षमा फैसला गरेसँगै यस आयोजनाले गति लिएको हो। सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार, गण्डक चोकदेखि मितेरी पुलसम्मको खण्डमा सडकको मध्यभागबाट दायाँ–बायाँ २५–२५ मिटर विस्तार गर्ने कार्य अब कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।