Home » Blog » ताल-बेताल भाजुरत्न

ताल-बेताल भाजुरत्न

Ankushdaily
0 comment 57 views
अंकुश सम्वाददाता,
वीरगञ्ज ।
भाजुरत्न इन्जिनियरिङ प्रा.लि. नेपालकै ख्यातिप्राप्त संस्था हो । जहाँ मुलुकभरि हजारौंले रोजगारी पाएका छन् । पिता मणि हर्ष ज्योतिको अवसानपछि उनका दुई भाइ,छोरा रूप ज्योति, पदम ज्योति बीच बाबु मणि हर्ष ज्योति र भाजुरत्नको उत्तराधिकारी बन्न होडबाजी चल्यो । यो होडबाजीमा भाजुरत्नको साख समेत गिर्‍यो । अस्ती भाजुरत्न वीरगञ्जतिर घुम्दा भाजुरत्नको तेलावेला सुन्दा जोकोहीलाई पनि आश्चर्यचकित बनाउँछ ।
कर्मचारीको इन्स्योरेन्सको रकम भुक्तानी नगर्ने, अवकाश दिने हिसाब नगर्ने, समयमा तलब नदिने, भत्ता काटिदिने आदि इत्यादि । अस्ती श्रम कार्यालय वीरगञ्जले (चैत्र २३ गते) रूप ज्योतिका प्रतिनिधि वीरगञ्जका कर्मचारी हरिमान श्रेष्ठलाई बोलाएर छ जना पूर्व कर्मचारीहरूको बिमा रकमको छिनोफानो १ महिनाभित्र गर्नु भनेछ । पूर्व कर्मचारीहरूका अनुसार हरिमान कपटी प्रकृतिको मान्छे हो जसले रूप ज्योतिलाई कर्मचारीहरूको विरोधमा उचाल्ने र गुमराह गर्छ । कम्पनी खातामा जम्मा भइसकेको बिमा रकम भूतपूर्व कर्मचारीहरूलाई नदिलाउन खलनायकी गर्ने समेत हरिमान भन्ने व्यापक हल्ला छ ।
सबै भाजुरत्न कार्यालयहरूको इन्स्योरेन्स आफैं गर्ने, कमिसन खाने मामलामा हरिमान धुरन्धर छन् । साहु रूप ज्योतिको चाकडी गर्ने र पूर्व कर्मचारीहरूको सेवा–सुविधा जबरजस्ती रोकाउने पनि हरिमान रहेछन् । भनिन्छ विजयवन्धु रुपाखेतीहरूको ने. इ. द्रा.कं.लिले एक वर्षअघि बिमा रकम भुक्तानि कम्पनीको खातामा जम्मा गर्दा समेत हरिमानले भुक्तानी नगरी लटकाउने सास्ती दिने गरेको पाइयो । अन्यहरुको हकमा पनि जस्तै श्याम डंगोलहरूलाई समेत १ वर्षदेखि उपदान रोकेर दुःख दिएका छन् । २०४१ मा रूप ज्योतिले बदमास कर्मचारी भन्दै हरिमानलाई बरखास्त गर्न खोज्दा तत्कालीन महाप्रबन्धक यादव अधिकारीले जोगाएका थिए ।
रूप ज्योति ज्ञानेन्द्र शासनकालमा अर्थमन्त्री थिए । ज्योति स्पिनिङ मिल्समा अस्ट्रेलियाका बर्नर बजार पार्टनर थिए । मिल चलेपछि अस्ट्रेलियनलाई किक आउट गरे । माओवादी कालमा ज्योति स्पिनिङमा आगलागीको नाटक गरियो । अहिले यिन्कोको खराब नीतिका कारण हिमाल अक्सिजन उत्पादन बाहेक सबै बन्द छन् । हिमाल आयरन बन्द हुँदा समेत डिलरको डिपोजिट फिर्ता भएन, ब्याज समेत मरे ।
रूप ज्योतिलाई एकपटक मेयर बालेनका नगर प्रहरीले घोक्रेठ्याक लगाएको फेसबुकमा आएकै हो । यस्तो हर्कत र अन्यायविरुद्ध वीरगञ्जका पूर्व कर्मचारीहरू बालेनको गृहमन्त्रीसमक्ष डेलिगेशन जानेवाला छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.