Home » Blog » प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा ७ वटा उजुरी

प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा ७ वटा उजुरी

Ankushdaily
0 comments 16 views
विरगंज ।
प्रस्तावित प्रधानन्यायाधीश डाक्टर मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा अहिलेसम्म ७ वटा उजुरी परेका छन् । 
संसदीय सुनुवाइ विशेष समितिले वैशाख २६ गते प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो । सोही आधारमा अहिलेसम्म ७ वटा उजुरी परेको संसद सचिवालयले जनाएको छ । 
समितिले शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार, प्रमाण र सबुतसहित उजुरी दिन आजसम्मको समय दिएको छ । सुनुवाई विशेष समितिले भोलिदेखि उजुरीबारे अध्ययन सुरु गर्ने जनाएको छ ।

सम्बन्धित पोस्टहरू