Home » Blog » सरकारद्वारा नयाँ सार्वजनिक सवारी दर्तामा रोक

सरकारद्वारा नयाँ सार्वजनिक सवारी दर्तामा रोक

Ankushdaily
0 comments 38 views
विरगंज ।
बढ्दो वायु प्रदूषण, तीव्र ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई मध्यनजर गर्दै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ। यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका सम्बन्धित मन्त्रालय र स्थानीय तहहरूलाई परिपत्र जारी गर्दै विद्युतीय (इलेक्ट्रिक) सहित सबै प्रकारका सार्वजनिक सवारीको नयाँ दर्ता तत्काल रोक्न निर्देशन दिएको हो। सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन नहुँदा आवतजावतमा थपिएको सास्ती, इन्धनको महँगी र अत्यधिक सवारी चापका कारण सिर्जित असहज परिस्थितिलाई सम्बोधन गर्न यो कदम चालिएको विभागले जनाएको छ।
विभागका अनुसार यो निर्णय ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) बमोजिम गरिएको हो, जसले वातावरणीय प्रदूषण, सडकको स्थिति वा सार्वजनिक हितका लागि सवारी दर्ता रोक्ने अधिकार दिएको छ। सार्वजनिक यातायातलाई व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यका साथ लागू गरिएको यो प्रतिबन्ध अर्को सूचना जारी नभएसम्मका लागि देशभर कायम रहनेछ।

सम्बन्धित पोस्टहरू