Home » Blog » ‘मुख्य न्यायाधीशभन्दा म ठूलो हुँ, चाहिँदैन तेरो सम्मानपत्र’ भन्दै मेयर राजेशमान पत्रकारमाथि जंगिए

‘मुख्य न्यायाधीशभन्दा म ठूलो हुँ, चाहिँदैन तेरो सम्मानपत्र’ भन्दै मेयर राजेशमान पत्रकारमाथि जंगिए

Ankushdaily
0 comments 702 views
वीरगंज ।
मेयर राजेशमान सिंह र क्रियाशील युवा पत्रकार मञ्च नेपालका निर्वतमान अध्यक्ष प्रणय कुमार साह बीच मर्यादाक्रमको विषयलाई लिएर भनाभन भएको छ ।
जेठ २ गते होटल मकालुमा मञ्चद्वारा आयोजित कार्यक्रममा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी प्रमुख अतिथि हुनुहुन्थ्यो । सो कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पनि निम्ता पठाइएको थियो तर उनी आएनन् ।
जेठ ४ गते मेयर राजेशमान सिंहको लागि तयार गरिएको सम्मानपत्र दिन पत्रकार प्रणय आफ्ना सहयोगी साथीसँग महानगरको कार्यालयमा गएका थिए । मेयर सिंहले कड्किँदै मुख्य न्यायाधीशभन्दा मर्यादाक्रममा म ठूलो हुँ भन्दै “चाहिँदैन तेरो सम्मानपत्र” भन्दै जंगिए । आफ्नो स्वकीय सचिव सत्यराज घिमिरेलाई भने, “न्यायाधीशभन्दा म ठूलो हुँ कि होइन ?” भन त । सत्यराजले कुनै जवाफ फर्काएनन् ।

मर्यादाक्रम

सम्बन्धित पोस्टहरू