Home » Blog » दुर्गा प्रसाईं अदालतको आदेशपछि साधारण तारेखमा रिहा

दुर्गा प्रसाईं अदालतको आदेशपछि साधारण तारेखमा रिहा

Ankushdaily
0 comments 3 views

वीरगञ्ज।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतमुक्त भएका छन्। पर्सा जिल्ला अदालतको आदेशानुसार उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बस्नेतले जानकारी दिएका छन्। प्रहरीले प्रसाईंविरुद्ध साइबर अपराध र राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा दायर गरी अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको थियो।

यसअघि गत जेठ ४ गते वीरगञ्जस्थित होटल दियालोबाट पक्राउ परेका प्रसाईं अदालतको पछिल्लो आदेशसँगै हिरासत बाहिर आएका हुन्।

सम्बन्धित पोस्टहरू