Home » Blog » कार्य सम्पादनमा जिल्ला प्रहरी कार्यालय पर्सा मधेस प्रदेशमै सर्वोत्कृष्ट, एसपी पाठक सम्मानित

कार्य सम्पादनमा जिल्ला प्रहरी कार्यालय पर्सा मधेस प्रदेशमै सर्वोत्कृष्ट, एसपी पाठक सम्मानित

Ankushdaily
0 comments 17 views

विरगंज ।

मधेस प्रदेशका जिल्लाहरूमध्ये चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख महिनामा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सा सम्मानित भएको छ। प्रादेशिक प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूबीच भएको वार्षिक कार्य सम्पादन सम्झौता बमोजिम गरिएको वस्तुनिष्ठ बुँदागत मूल्याङ्कनमा पर्सा प्रहरी सर्वोत्कृष्ट ठहरिएको हो। सोही उच्च कार्य प्रगतिको कदर गर्दै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकलाई प्रशंसा पत्र प्रदान गर्नुभएको छ।
शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण तथा प्रशासनिक सुशासनमा पर्सा प्रहरीले देखाएको व्यावसायिक कार्यकौशलको प्रादेशिक प्रहरी कार्यालयले उच्च मूल्याङ्कन गरेको छ। सम्मान हस्तान्तरण समारोहमा डीआईजी थपलियाले एसपी पाठकको कुशल नेतृत्वको प्रशंसा गर्दै आगामी दिनमा पनि यस प्रकारको उत्कृष्ट प्रदर्शन कायम रहने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित पोस्टहरू