Home » Blog » नेपाल रेडक्रस सोसाइटी उपशाखाका चयन

नेपाल रेडक्रस सोसाइटी उपशाखाका चयन

अंकुश दैनिक
0 comment 10 views

बीरगंज, २२ बैशाख ।  नेपाल रेडक्रस सोसाइटी पर्सा अन्तर्गत रेशमकोठी उपशाखाको वैठकले १० सदस्यि कार्यसमिती चयन गरेको छ । आज वीरगंजमा सम्पन्न उपशाखाको बैठकले जगदीश प्रसाद अग्रवालको अध्यक्षमा भएको समितीमा उपाध्यक्ष उत्तम प्रसाद अधिकारी,सचिव जयप्रकाश चर्तुवेदी,कोषाध्यक्ष कृष्ण कुमार खनाल,सहचिव श्रीनारायण यादव, सदस्यहरुमा इश्वर चन्द्र गौतम, नरेन्द्र साह, प्रभा अधिकारी लगायतलाई चयन गरेको हो ।
उपशाखाका अध्यक्ष जगदिश प्रसाद अग्रवालको सभापतित्वमा सम्पन्न बैठकले विश्व रेडक्रस दिवसको अवसरमा वैशाख २५ गते सोमबारका दिन वीरगंज वडा नं.६ को गेट,रेशमकोटीमा रक्तचाप तथा मधुमेह परिक्षण शिवीर कार्यक्रम गर्ने निर्णय भएको कोषाध्यक्ष खनालले जानकारी दिनुभयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.