Home » Blog » संघीय गठबन्धनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

संघीय गठबन्धनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

अंकुश दैनिक
0 comment 12 views

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब केही दिन मात्रै बाँकी रहँदा संघीय गठबन्धनले संविधान संशोधन विधेयक पारित नगरेको भन्दै विरोधका कार्यक्रम घोषणा गरेको छ। गठबन्धनले चुनावको दुर्इ दिन अगाडि निर्वाचन नहुने प्रदेशहरुमा विरोध सभा गर्ने भएको हो।

मंगलबार काठमाडौंको विजुलीबजारमा बसेको बैठकले वैशाख २९ गते प्रदेश नम्बर १,२,५ र ७ मा विरोध सभा गर्ने र जेठ १ गते पनि विरोध सभा साथै मोटरसाइकल र्‍याली निकाल्ने निर्णय गरेको छ।

सरकारले वैशाख १७ गतेको संसद बैठकबाट संविधान संशोधन विधेयक पारित गर्ने वचन दिए पनि पारित नगरेको विरोधमा कार्यक्रम घोषणा गर्नु परेको गठबन्धनको भनार्इ छ। विरोधका अन्य कार्यक्रमहरु भने जेठ ४ गते संसदको बैठकपछि तय गरिने बताइएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.