Home » Blog » पर्सा–१ का उम्मेदवार हरि पन्तलाई ताजपुरमा स्वागत, चोक–चोकमा ‘घण्टी’ बनाएर दर्साए समर्थन

पर्सा–१ का उम्मेदवार हरि पन्तलाई ताजपुरमा स्वागत, चोक–चोकमा ‘घण्टी’ बनाएर दर्साए समर्थन

Ankushdaily
0 comment 16 views
विरगंज ।
पर्सा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तलाई ताजपुरमा स्थानीयवासीले स्वागत गरेका छन्। आज घरदैलो तथा मतदाता भेटघाट अभियानका क्रममा ताजपुर पुगेका पन्तलाई स्थानीयले सिर्जनात्मक शैलीमा स्वागत गरेका हुन्। स्थानीयवासीले गाउँका विभिन्न चोक तथा चौतारीहरूमा विभिन्न रङको प्रयोग गरी रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ बनाएर पन्तप्रति आफ्नो समर्थन दर्साएका थिए।
घरदैलोका क्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो। भेटघाटका क्रममा अधिकांश मतदाताले मुलुकमा अब परिवर्तन निश्चित रहेको र त्यसको संवाहक राष्ट्रिय स्वतन्त्र पार्टी नै भएको धारणा राखेका थिए। उनीहरूले देश परिवर्तनको यो अभियानमा आफूहरू पनि साक्षी बन्न आतुर रहेको भन्दै यसपटक ‘घण्टी’ चिन्हमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
मतदाताको उत्साहप्रति आभार व्यक्त गर्दै उम्मेदवार पन्तले रास्वपाको जित नै समग्र मुलुकको जित हुने बताए। उनले मुलुकको मुहार फेर्न र सुशासन कायम गर्न यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी र आफूलाई अमूल्य मत दिई जिताउन सम्पूर्ण मतदातालाई आग्रह समेत गरे।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.