Home » Blog » रेशमकोटी र कुम्हालटोलमा अनिल रुंगटाको घरदैलो सम्पन्न, २५ जना विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

रेशमकोटी र कुम्हालटोलमा अनिल रुंगटाको घरदैलो सम्पन्न, २५ जना विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

Ankushdaily
0 comment 36 views

धिरेन्द्र बहादुर श्रेष्ठ,

वीरगञ्ज ।

पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल कुमार रुंगटाले चुनावी अभियानलाई तीव्र बनाउँदै वडा नम्बर ५ को रेशमकोटी र कुम्हालटोलमा घरदैलो सम्पन्न गर्नुभएको छ।


सोही अवसरमा आयोजित एक कार्यक्रमका बीच विभिन्न राजनीतिक दल परित्याग गरी २५ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। वुथ सभापति श्रीनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रुंगटाले नवप्रवेशीहरूलाई स्वागत गर्दै क्षेत्रको समृद्धिका लागि कांग्रेसको जित अपरिहार्य रहेको बताउनुभयो।

नवप्रवेशीहरूमा हरेन्द्र यादव कुर्मी, संजय कुमार राउत, मोहन कुमार साह, आरती श्रेष्ठ, कविता श्रेष्ठ, सुधिर वर्णवाल, संजय जयसवाल, रोहित कुमार तथा हरिओम पण्डित लगायत रहेका छन्।

कार्यक्रममा क्षेत्र नम्बर १ का सभापति अरविन्द कुमार गुप्ता, ईश्वर भक्त श्रेष्ठ, प्रकाश उपाध्याय, राधेश्याम चौरसिया तथा वडा अध्यक्ष जगत साह कानु लगायत नेताहरूको विशेष उपस्थिति रहेको थियो।

घरदैलोका क्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवार रुंगटाप्रति सद्भाव व्यक्त गरेका थिए भने कार्यक्रममा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.