Home » Blog » पर्सा–१ मा रास्वपाको सक्रियता बढ्दो, बालेन वीरगञ्ज आउँदै

पर्सा–१ मा रास्वपाको सक्रियता बढ्दो, बालेन वीरगञ्ज आउँदै

Ankushdaily
0 comment 20 views
विरगंज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तले आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै पन्तले आज वीरगञ्जको सुखचैना क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। मतदाताहरूको यो उपस्थितिले आफ्नो उम्मेदवारीलाई थप बल पुगेको पन्तको भनाइ छ।
यसैबीच, काठमाडौं महानगरपालिकाका पुर्व मेयर बालेन्द्र शाह (बालेन) को वीरगञ्ज आगमनको चर्चाले यहाँको राजनीतिक माहोल थप तातिएको छ। बालेन वीरगञ्ज आउने तयारी भइरहेको जानकारी सार्वजनिक भएसँगै स्थानीय स्तरमा, विशेषगरी युवा पुस्तामा ठूलो उत्साह र चासो बढेको पाइएको छ। वैकल्पिक राजनीतिको प्रभाव बढिरहेको समयमा बालेनको उपस्थितिले चुनावी वातावरणलाई अझ रोचक बनाउने विश्लेषण गरिएको छ।
उम्मेदवार हरिपन्तले आफ्नो अभियानलाई निरन्तरता दिने क्रममा आगामी दिनहरूमा क्षेत्रका अन्य वडाहरूमा पनि यस्तै घरदैलो तथा जनसम्पर्क कार्यक्रम आयोजना गर्ने जानकारी दिएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.