Home » Blog » भारतीय शैक्षिक व्यापार मेला हुदै

भारतीय शैक्षिक व्यापार मेला हुदै

अंकुश दैनिक
0 comment 10 views

वीरगंज, २७ बैशाख ।  आर्यन एजुकेशन फाउन्डेशनको आयोजना र डब्लु आर सी नेपाल र द नौलेज नेटवर्कको सहयोगमा बृहत भारतीय शैक्षिक मेला डेस्टिनेशन इण्डिया २०१७ यहि बैशाख २८ र २९ गते होटल भिस्वा वीरगंजमा बिहान १० बजेदेखि सा“झ ६ बजेसम्म हुने भएको छ ।
एस.सी.सी. उतिर्ण हुने विद्यार्थीहरुका लागि उपयोगी हुने दुई दिनसम्म चल्ने यस मेलामा २० सरकारी तथा निजी विश्व विद्यालय र कलेजको सहभागिता हुने आयोजकले जनाएको छ । भारतमा रहेको विश्व विद्यालय र कलेजहरुमा हुने विभिन्न विषय जस्तै इन्जिनीयरि·, नर्सि· मैनेजमेन्ट मेडिकल लगायत अन्य विषयको बारेमा नेपाली विद्यार्थी र अभिभावकहरुले एकै थलोमा जानकारी पाउनेछन् । यस मेलामा विश्वविद्यालय र कलेजहरुका निर्देशक प्रधानाध्यापक तथा अधिकारिक व्यक्तिहरुसंग भेटी आवश्यक जानकारीहरु प्राप्त गर्न सकिनेछ ।
विगत ६ वर्षदेखि हुदै आएको यो बृहत भारतीय शैक्षिक मेलामा २ हजार भन्दा बढी विद्यार्थी आउने अपेक्षा आयोजकले गरेको छ । यस शैक्षिक मेलामा भारतका प्रख्यात आदित्य ग्रुप अफ इन्टिच्युसन आन्ध्रप्रदेश, अमृतसर ग्रुप अफ इन्टिच्युसन पन्जाब, जैन युनिभरसिटी बैंगलोर, द्यःक्ऋभ् बैंगलोर, सोना कलेज अफ टेक्नोलोजी सालेम, एम. एम. युनिभरसिटी मुल्लाना, भि.आई.टी. भेलोर, एस.आर.एम. युनिभरसिटी चेन्नई, भेलटेक युनिभरसिटी, पेसिफिक युनिभरसिटी, अदेश इन्टिच्युसन पन्जाब, ग्लोबर इन्स्टिच्युट पन्जाब, गनामनी कलेज अफ टेक, जे.आई.एस युनिभरसिटी कोलकात्ता, जे.एन.टि.यु. हैदराबाद,एन.एस.एच.एम. क्याम्पस, सगी रामकृष्ण राजु इन्जिनीयर कालेज, सेखावती ग्रुप अफ इन्टिच्युसन राजस्थान, तीर्थाड्ढर महाबिर युनिभरसिटी मुरादाबादले भाग लिने आयोजकले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.