Home » Blog » सांसद अमात्यद्वारा निरिक्षण अनुगमन

सांसद अमात्यद्वारा निरिक्षण अनुगमन

अंकुश दैनिक
0 comment 15 views

बीरगंज २८ बैशाख ।  सांसद राजेन्द्र बहादुर अमात्यले आज आफनो क्षेत्रमा भइरहेको विकास निर्माणका कार्यहरुको स्थलगत निरिक्षण गर्नु भएको छ । आफनो क्षेत्र अन्तरगत भइरहेको विरगंज उपमहानगरपालिका वडा नम्बर १, २ र ३ मा धर्मशाला तथा छठघाट, नेरा प्रावि स्कुल, ताराचन्द्र स्कुल, कब्रिस्तान, गायत्री मन्दिरको धर्मशाला र सडक ढलान कार्यको स्थलगत निरिक्षण तथा अनुगमन गर्नु भएको छ । जनताबाट आएको सुझाव अनुसार विकास निर्माणको कार्यमा सदैव आफु लागिपर्ने प्रतिबद्धता सांसद अमात्यले त्यहा उपस्थित जनसमक्ष गर्नु भएको थियो । निरिक्षणका क्रममा नेपाली कांग्रेसका नगर अध्यक्ष भोला साह कलवार, दिना गुप्ता, मनोज साह, आनन्द गुप्ता, दिपेश श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.