Home » Blog » मेयरमा दिना प्रसादको दावी

मेयरमा दिना प्रसादको दावी

अंकुश दैनिक
0 comment 9 views

वीरगंज, २८ बैशाख ।  आसन्न निर्वाचनको लागि वीरगंज उप–महानगरपालिकाको मेयर पदको लागि दिना प्रसाद गुप्ताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । पत्रकारहरुसंग कुरा गर्दै गुप्ताले आफु २०२७ सालमा नेविसंघ पर्साको संस्थापक सदस्य भएको दावी गर्दै नेपाली कांग्रेस क्षेत्रिय समितिको सदस्यबाट शुरु गरेको यात्रा जिल्ला कोषाध्यक्ष र तिनपटक नेपाली कांग्रेस पर्साको उपसभापति समेत भइसकेका छन् । २०६२÷०६३ को आन्दोलनमा दुई पटक जेल समेत परेका गुप्ता एक पटक नसस र दुई पटक वार्ड नं. ८ बाट वडा अध्यक्ष समेत निर्वाचित भइसकेका छन् । पार्टीप्रति सदैव निष्ठावान रही काम गरेका गुप्ताले यस पटकको नगर प्रमुख पदको लागि पार्टीले आफुलाई नै टिकट दिनेमा विश्वस्त छन् । आफु मेयरमा निर्वाचित भएपछि नगरलाई व्यवस्थित बनाउन कुनै कसर बाकी नराख्ने दावी गर्दै गुप्ताले घरदैलो कार्यलाई तिव्र बनाएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.