Home » Blog » राजनीतिक नेतृत्व पहाडी र मधेशीमा विभाजित भएकोले मुलुकले निकास नपाएको पुर्व राष्ट्रपति यादवको भनाई

राजनीतिक नेतृत्व पहाडी र मधेशीमा विभाजित भएकोले मुलुकले निकास नपाएको पुर्व राष्ट्रपति यादवको भनाई

अंकुश दैनिक
0 comment 10 views

वीरगन्ज,२८ बैशाख ।  पुर्व राष्ट्रपति डाक्टर रामवरण यादवले नेपालमा बसोबास गर्ने सबै नेपाली हुन भन्ने राजनीतिक नेतृत्वले बुझी दिए मुलुकमा चा“डै राजनीतिक स्थिरता आउने विश्वास व्यक्त गर्नु भयो । राजनीतिक नेतृत्व पहाडे र मधेसीमा विभाजित भएको कारण मुलुकले निकास पाउन नसकेको उहा“को धारणा रहेको छ ।
नृसिंह माध्यमिक विद्यालय वीरगन्जले बिहिबार वीरगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व राष्ट्रपति यादवले ‘देश सबैको हो र देशमा रहेका सबै जनतालाई समान अधिकार दिनुपर्छ, यो सत्यलाई राजनीतिक दलका शिर्ष नेतृत्वले आत्मसात गरे ७० वर्ष देखी विद्यमान अस्थिरताको अन्त हुने थियो ’ भन्नु भयो । राजनीतिक दलहरु बीच मिल्नुको विकल्प नभएको बताउर्दै पुर्व राष्ट्रपति यादवले पहाडे र मधेसीको भन्दा अब समग्र नेपालीको भविष्यप्रति राजनीतिक दलहरु चिन्तित हुने बेला आएको प्रष्टपार्नु भयो ।
कार्यक्रममा विद्यार्थीहरुले राखेका जिज्ञासाको जवाफ दिदै पुर्व राष्ट्रपति यादवले राजनीतिक दलका नेताहरु बीच सहमतिको विकल्प नभएको बताउदै उहा“ले राजनीतक मात्र ठिक भए मुलुक सोचेको भन्दा कम समयमा विकसित बन्न सकिने धारणा व्यक्त गर्नु भयो ।
विद्यार्थीहरुलाई सम्बोधन गर्दै पुर्व राष्ट्रपति यादवले सफलताका लागि कडा परिश्रम नै एक मात्र सुत्र भएकाले परिश्रम गर्नबाट पछि नहटन विद्यार्थीहरुलाई सुझाव दिनु भयो । उह“ाले पर्यावरणको रक्षाप्रति सचेत हुन र अरुलाई समेत सचेत गर्ने काममा लाग्न विद्यार्थीहरुलाई आग्रह गर्दै राष्ट्रपति यादवले चुरेक्षेत्रमा भई रहेको वन फडानी मधेसको उपजाउ भुमिकालागि ठुलो खतरा भएको जिकिर गर्नुभयो ।
नृसिंह मावि व्यवस्थापन समितिका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल, जिल्ला शिक्षा अधिकारी केदार तिवारी, प्रहरी उपरिक्षक गोविन्द कुमार साह, सशस्त्र प्रहरी उपरिक्षक रविन्द्र ठाकुर लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.