Home » Blog » नारायणीमा २०सैयाको आइसोलेशन निर्माण हुने

नारायणीमा २०सैयाको आइसोलेशन निर्माण हुने

अंकुश दैनिक
0 comment 5 views

सन्तोष रन्जितकार
वीरगन्ज,१९ चैत ।
सरकारबाट भएभरको सुविधा ठगेर नागरिकलाई अप्ठयारो पर्दा दायीत्व विहिन भूमिकामा रहेको अस्पतालको व्यवहारबाट क्षुब्ध भएर पर्सा क्षेत्र नम्बर १ का माननिय संसद प्रदिप यादवले आफ्नो अग्रसर्तामा २०सैयाको आइसोलेशन वार्ड बनाउने तैयारीमा जुटेका छन् । वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताल यस क्षेत्रका बिरामीहरुको भरोसाको केन्द्र बिन्दु रहेको भएता पनि सघीय र प्रदेस सरकारबाट हालसम्म करोना नियन्त्रणको लागी कुनै सहयोग प्राप्त नभएको मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताउनु भयो । मे.सु. कै आग्रह बमोजिम सांसद यादवले आफ्ना हितैसि रुगंटा वेलफेयर सोसाइटि र जगदम्बा ग्रुपको सहयोग लिएर २४ घन्टा भित्र रु १० लाखको लागतमा आइसोलेशन वार्डको निर्माण नारायणी उपक्षेत्रीय अस्पतालको इमरजेन्सी वार्डको माथी बनाइने छ । भोली २० गते बेलुकासम्म आइसोलेशन वार्ड पुर्णरुपमा तयार भइसक्ने सांसद यादवले अस्पतालमा उपस्थित संचारकर्मिहरुलाई बताउनु भयो । आफुसंग जनताको सेवागर्ने मन भएपनि प्रयाप्त धन नभएको भन्दै सांसद यादवले धनकै कारण जनताको काम कुनै हालतमा नरुकने चर्चा धन भएका साथीसंगीहरुको ठुलो जमात आफुसंग भएकोले जनहितमा लागी रहने बताउनु भयो । निजि अस्पतालहरुले कुनैपनि बिरामी भर्ना नलिएको कारण सुनसान रहेका अस्पतालका भेन्डिलेटरहरुलाई नारायणीमा ल्याउन सरकार तथा सम्बन्धित निकायसंग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.