Home » Blog » भारतमा लकडाउन अषाद १६ गतेसम्म बढ्यो तर रेस्टोरेंट, धार्मिक स्थल, सैलून खुल्ने

भारतमा लकडाउन अषाद १६ गतेसम्म बढ्यो तर रेस्टोरेंट, धार्मिक स्थल, सैलून खुल्ने

अंकुश दैनिक
0 comments 8 views

बिरगंज १७ जेठ।

भारत सरकारले लकडाउनको अवधि एक महिना थप गर्दै संक्रमण नदेखिएका ठाउँमा भने खुकुलो बनाउने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयले पाँचौ चरणको लकडाउन जुन ३०(अषाद १६) सम्म लागू गर्ने निर्णय गरेको छ । भारतमा चौथो चरणको लकडाउन मे ३१ (आइतबार) समाप्त हुँदैछ ।

लकडाउनको अवधि लम्ब्याइए पनि संक्रमणको अवस्था हेरेर छुट दिइएको छ ।पहिलो चरणमा जुन ८ (जेठ २६ )देखि धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, आतिथ्य क्षेत्र र सपिङ मलहरु खुलाउने तयारी गरिएको छ । भारत सरकारले यसलाई अनलक चरण एक भनेको छ । दोश्रो चरणमा राज्य सरकारहरुसँग छलफल गरी विद्यालय, कलेज, शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु खोलिने जनाइएको छ । तेश्रो चरणमा अन्तर्राष्ट्रिय उडान, सिनेमा हल, मेट्रो रेलसेवा, स्विमिङ पुल लगायत खोलिने जनाइएको छ ।

सम्बन्धित पोस्टहरू