Home » Blog » प्रतिपक्षि दलका नेताहरु दुलाे भित्र सतापक्षका रहबरद्वारा सडकमा प्रदर्शन

प्रतिपक्षि दलका नेताहरु दुलाे भित्र सतापक्षका रहबरद्वारा सडकमा प्रदर्शन

अंकुश दैनिक
0 comment 6 views

बिरगंज।

अर्थमन्त्री युवराज खतिवडालाई उनकै नेता कार्यकर्ताहरुले लगाएकोको लुगा फुकालेर सरकार चलाउन आग्रह गरेका छन्। जनताको जीवन कष्टकर खान लाउन समेत धौ – धौ परि रहेको बेला कर बुझाउन उर्दी जारी गरेको अर्थमन्त्रीलाई ने.क.पाका वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारीले लुगा फुकाल्दै येही बेचेर सरकार चलाउन तथा येस्मा पनि भ्रष्टाचार नगर्न खबरदारी गरेका छन्।

लकडाउनमा घरमा थुनेर कर चुक्ता गर्न ताकेता दिने संवेदनहिन अर्थमन्त्रीलाई अब दिन सक्ने लगाएको कपडा बाहेक केहि नभएको भन्दै उनीहरुले कपडा खोलेर अर्थमन्त्रीलाई पठाएका थिए। उनीहरुले अर्थतन्त्र डुवाउनेमा अर्थमन्त्रीको हात रहेको भन्दै उनकव राजीनामा समेत मागेका थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु दुलो भित्र वास गरी रहेको वर्तमान अवस्थामा सतापक्ष रहबर अन्सारीले सडकमा गरेको यो बिरोधको चौतर्फी प्रशंसा भैरहेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.