Home » Blog » आजपनि सेयर बजारमा दोहोरो अंकको करेक्सन

आजपनि सेयर बजारमा दोहोरो अंकको करेक्सन

अंकुश दैनिक
0 comment 6 views

१७ साउन, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि पुँजी बजारमा दोहोरो अंकको करेक्सन भएको छ । सोमबार नेप्से सूचक १७ अंकले घटेर १८४५ अंकमा झरेको छ । आइतबार पनि नेप्से दोहोरो अंकले घटेको थियो ।

Nepseअहिलेको नेप्सेको गिरावटलाई विश्लेषकहरुले करेक्सनको संज्ञा दिएका छन् । सोमबारको कारोबारमा होटल समूह बाहेक सबै समूहगत उपसूचकहरु घट्दा नेप्से रातो रंगले पोतिएको छ । यो दिन होटल समूहको सूचक भने ४० अंकले घटेको छ ।

नेप्सेमा दुईतिहाइ हिस्सा रहेको वाणिज्य बैंक समूहको सूचक साढे १६ अंकले घटेको छ । त्यसैगरी विकास बैंकको ३२ अंकले, जलविद्युतको २५ अंकले, बीमाको ६४ अंकले, उत्पादनमुलका ४२ र वित्त कम्पनी समूहको सूचक डेढ अंकले घटेको नेपाल स्टक एकसचेञ्जले जनाएको छ ।

यो दिन १ सय ४० कम्पनीका ९१ लाख ९ हजार कित्ता सेयर १ अर्ब ८४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

२०७३ साउन १७ गते १६:३५ मा प्रकाशित

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.