Home » Blog » राजपाको आन्दोलन परिचालन कमिटी गठन

राजपाको आन्दोलन परिचालन कमिटी गठन

अंकुश दैनिक
0 comment 7 views

बिरगंज, २४ जेष्ठ ।  राष्ट्रीय जनता पार्टीको बिरगंज महानगरपालिका वडा न.३ छपकैयामा अब्दुल कलाम मियाको संयोजकत्वमा ७१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ । कमिटीको सह संयोजकमा राधेश्याम सोनि,अनवर हुसेन,जबार मन्सुरी,सचीवमा मुकेस वर्नवाल,बरकतुन नेसा, सदस्यहरुमा बैजु स्वर्णकार, समिम हवारी रहेका छन ्। पार्टीका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मिको प्रमुख आतिथ्य भएको उक्त कार्यक्रममा नगर अध्यक्ष ओमप्रकाश सरार्फ,सन्जु छतकुलि,नगर उपाध्यक्ष अनवर हुसेन,लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी वडा न.१५ भेडियाहिमा नगर उपाध्यक्ष हृदय नारायण सरार्फको अध्यक्षतामा भएको भेलाले रामग्या कुशवाहाको संयोजकत्वमा ७१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ।कमिटीको सह(संयोजकमा हृदय नारायण सोनार,सदस्यहरुमा किशोरी चन्द यादव,रुपलाल साह,लगायत रहेका छन् । भेलामा पार्टीका केन्द्रिय सदस्य अनिरुद्ध सिह,जिल्ला उपाध्यक्ष इश्वर यादव, रमेश यादव लगायत रहेका थिए । त्यसैगरी वडा न.५ मा नगर उपाध्यक्ष सुरेश साहको सभापतित्वमा भएको भेलाले ललन सिहको संयोजकत्वमा २५ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ । कमिटीको सह–संयोजकमा श्रवण रायमाझी, सचीव मनोज साह, कोषाध्यक्ष शिव शंकर महतो, सदस्यहरुमा अर्चना सिह, बिमला श्रेष्ठ लगायत रहेका छन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.