Home » Blog » बीपी कांग्रेस नेपाली कांग्रेसमा समाहित

बीपी कांग्रेस नेपाली कांग्रेसमा समाहित

Ankushdaily
0 comments 11 views
काठमाडौँ ।
काठमाडौँमा आयोजित एक विशेष चुनावी सभाका बीच नेपाली कांग्रेस (बी.पी.) औपचारिक रूपमा मूल पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बी.पी.) का सभापति सुशीलमान शेरचनले एकीकरणको सहमति पत्रमा हस्ताक्षर गर्दै बी.पी. कांग्रेसको सम्पूर्ण साङ्गठनिक संरचना, सदस्यता र निकायहरूलाई मूल पार्टीमा एकीकृत गर्ने घोषणा गर्नुभयो।
लोकतन्त्र, राष्ट्रिय एकता र जनअधिकारको सुदृढीकरणका लागि प्रतिबद्ध रहँदै आगामी प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गरी गरिएको यस निर्णयले पार्टीको “बदलियो कांग्रेस, बदल्छौ देश” भन्ने विशेष महाधिवेशनको संकल्पलाई थप सार्थक बनाउने विश्वास गरिएको छ। मूल पार्टीको आदर्श र सिद्धान्तप्रति पूर्ण निष्ठा व्यक्त गरिएको यस समायोजन प्रक्रियालाई केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम व्यवस्थापन गरिने बताइएको छ, जसले पार्टीलाई साङ्गठनिक रूपमा अझ सशक्त र प्रभावकारी बनाउने दाबी कांग्रेस नेताहरूले गरेका छन्।

सम्बन्धित पोस्टहरू