Home » Blog » पर्सा–१ मा रास्वपाको शक्ति प्रदर्शन, १०० बढी प्रवेश

पर्सा–१ मा रास्वपाको शक्ति प्रदर्शन, १०० बढी प्रवेश

Ankushdaily
0 comments 19 views
वीरगञ्ज ।
पर्सा क्षेत्र नम्बर १ मा निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गतिविधि तीव्र बनेको छ। वीरगञ्ज महानगरपालिका–२३ परसौनी बिर्ता चोकमा आयोजित रात्री कोणसभामा विभिन्न दल त्यागेका १०० भन्दा बढी युवा तथा स्थानीय अगुवाहरू रास्वपामा प्रवेश गरेका छन्।
कार्यक्रममा क्षेत्र नं. १ का उम्मेदवार तथा पार्टीका जिल्ला सभापति हरि पन्तले मतदाताहरू अहिले सचेत भइसकेको बताउँदै पुराना राजनीतिक अभ्यासभन्दा फरक विकल्प रोज्ने समय आएको धारणा राख्नुभयो। उहाँले सुशासन र जीवनस्तर सुधार आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै यसपटक घण्टी चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।
जितेन्द्र महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा सगिर आलम, महुमुद्दिन अन्सारी र चन्दन यादवले पनि मन्तव्य राख्दै देशको आर्थिक तथा सामाजिक परिवर्तनका लागि रास्वपा सक्षम शक्ति भएको दाबी गरे। कृष्ण दासको स्वागत मन्तव्यपछि सुरु भएको कार्यक्रम कृष्ण पासवानले सञ्चालन गर्नुभएको थियो।
रातिको समयमा समेत स्थानीयको उल्लेख्य सहभागिताले क्षेत्रमै रास्वपाप्रति आकर्षण बढिरहेको संकेत दिएको छ।

सम्बन्धित पोस्टहरू