Home » Blog » काठमाडौं ९ मा जसपा नेपालका उम्मेदवार रणबीरले लिए उम्मेदवारी फिर्ता, कांग्रेसकी नानुलाई समर्थन

काठमाडौं ९ मा जसपा नेपालका उम्मेदवार रणबीरले लिए उम्मेदवारी फिर्ता, कांग्रेसकी नानुलाई समर्थन

Ankushdaily
0 comment 6 views
काठमाडौं।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिदै नेपाली कांग्रेसकी उम्मेदवार नानू बाँस्तोलालाई समर्थन गरेका छन्।
उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको र नानुलाई समर्थन गरेको बताए। रणवीरको समर्थन सँगै कांग्रेस काठमाडौ ९ मा थप बलियो बनेको छ। आफुलाई समर्थन गरेपछि रणवीरलाईकांग्रेस उम्मेदवार नानू बाँस्तोलाले खादा लगाएर सम्मान गरिन।
प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा छन्।
काठमाडौं क्षेत्र नं ९ मा ३४ वटा मतदान स्थल र ९० वटा मतदान केन्द्र रहेका छन्। राजनीतिक दलका १८ र स्वतन्त्र छ जना गरी कूल उम्मेदवार सङ्ख्या २४ जना छ। यस मध्ये २० पुरुष र चार महिला उम्मेदवार छन्।
यो निर्वाचन क्षेत्रमा कूल मतदाता सङ्ख्या ७८ हजार चार सय ९५ रहेकामा पुरुष मतदाता ४८ दशमलव  ६९ प्रतिशत अर्थात् ३८ हजार दुई सय १७ र महिला मतदाता सङ्ख्या ५१ दशमलव  ३१ प्रतिशत अर्थात् ४० हजार दुई सय ७८ रहेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.